कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हुस्सुले भैरहवामा हवाइ उडान प्रभावित

माधव ढुंगाना

भैरहवा — बाक्लो हुस्सुका कारण बिहीबार भैरहवामा हवाइ उडान प्रभावित भएको छ । हुस्सुले आकाश राम्ररी नखुल्दा आँखाले देखिने दुरी (भिजिबिलिटी) कम भएकाले हवाइ उडान सञ्चालन हुन नसकेको हो ।

हुस्सुले भैरहवामा हवाइ उडान प्रभावित

भैरहवास्थित गौतम बुद्ध विमानस्थलका अनुसार बिहीबार पाँचवटा हवाइ उडान रद्द भैसकेका छन् । हुस्सु बाक्लिदै जान थालेकाले साँझतिरपनि हवाइ उडान सञ्चालन हुन सक्ने सम्भावना छैन । बुद्ध एयरको ३, यति र सौर्य एयरलाइन्सको एक/एकवटा उडान रद्द भइसकेको हो । भैरहवा–काठमाडौंबीच नियमित दैनिक १२ वटा हवाई उडान सञ्चालन हुने गर्छ ।

‘बिहीबार हवाइ उडान हुने सम्भावना छैन,’ विमानस्थलको टावर शाखामा कार्यरत विशाल घिमीरेले भने, ‘अपरान्हपछि भिजिबिलिटी कम हुँदै जान थालेको छ ।’ उनका अनुसार विमान उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्नेमा बिहीबार विमानस्थल क्षेत्रमा ८ सय मिटरमात्र भिजिबिलिटी छ ।

हुस्सुसँगै भैरहवा क्षेत्रमा चिसो पनि बढ्न थालेको छ । उक्त विमानस्थलको मौसम शाखाका अनुसार, बिहीबार दिउँसो भैरहवाको तापक्रम २० डिग्री सेल्सियस छ । तापक्रम घट्दै जाने क्रममा रहेको शाखामा कार्यरत प्राविधिक हिना मिश्रले बताइन् । शुक्रबारपनि मौसम यस्तै रहने संकेत देखिएको उनले जानकारी दिइन् ।

प्रकाशित : मंसिर २५, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?