कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दाङमा एक कोरोना संक्रमितको मृत्यु

दुर्गालाल केसी

काठमाडौँ — कोरोनाका कारण दाङमा बिहीबार एक महिलाको मृत्यु भएको छ ।

दाङमा एक कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत बबई गाउँपालिका–४ की ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । उनको मंसिर १९ देखि अस्पतालमा उपचार भइरहेको उनले बताए । ती महिलामा दम, उच्च रक्तचाप, निमोनिया र सुगरको समस्या रहेको उनले जानकारी दिए ।

दाङमा हालसम्म कोरोनाका कारण ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?