बर्दियामा बस पल्टिँदा ३४ घाइते- लुम्बिनी - कान्तिपुर समाचार

बर्दियामा बस पल्टिँदा ३४ घाइते

कमल पन्थी

बर्दिया — नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

तीव्रगतिमा चलाएको बस अनियन्त्रित भई पल्टेको हो । बस चालक फरार रहेको प्रहरीले जनायो ।

प्रकाशित : मंसिर १९, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्समा कोरोनाविरुद्धको खोप नि:शुल्क

कान्तिपुर संवाददाता

फ्रान्स — आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।

उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ ।

फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए । उनले यी खोपहरू सुरक्षित र प्रभावकारी हुने पनि आश्वस्त पारेका छन् ।

प्रकाशित : मंसिर १९, २०७७ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×