नेपाल–भारत सीमामा बीओपी उद्घाटन- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारत सीमामा बीओपी उद्घाटन

कमल पन्थी

बर्दिया — बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको बीओपीको शुक्रबार उद्घाटन भएको छ । जिल्लामा हालसम्म ७ वटा बीओपी स्थापना भइसकेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले मधुवन नगरपालिका—९ धर्मबस्तीमा बीओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३१ नम्बर गण अन्तर्गत भगरैयामा करिब १५ कट्ठा वन क्षेत्रको जग्गाको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली तैनाथ हुने सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

नेपाल भारत सीमाको घना जंगलमा स्थापना भएको यस बीओपी स्थापनाले सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रण, जंगली जनावरबाट स्थानीयबासीको धनजन रक्षा गर्ने र शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीका महानिरीक्षक खनालले बताए । 'राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्दे आएको छ,’उनले भने,‘०७४ साल देखि सीमामा १ सय ९३ बीओपी रहको छ, तीमध्ये ७ वटा चीन र अन्य भारतसँग जोडिएको सिमानामा तैनाथ छ ।’ करिब ८३ किमी लामो नेपाल भारत सिमानामा करिब ३ किमी दूरीमा बीओपी स्थापना हुने छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । जिल्लामा मुख्यालय गुलरियासहित सातवटा सशस्त्र प्रहरीका युनिट सिमा र राजमार्गमा परिचालित छन् ।

मधुवन नगरपालिका प्रमुख गणेश केसीले बीओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करीलगायत अपराध रोकिने बताए । बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्ला पर्दछ । सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीको २६ वटा युनिट तैनाथ छ । बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किमीसम्म जोडिएको छ । बीसवटा युनिट निर्माण भएपछि सीमा सुरक्षामा थप कडाइ हुनेछ ।

प्रकाशित : मंसिर १९, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा कोरोनाबाट दाङका ३ संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा उपचाररत दाङ, तुलसीपुरका तीनजना कोरोना संक्रमितको बिहीबार राति मृत्यु भएको छ ।

मंसिर १० गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर–१६ का २६ वर्षीय युवाको मध्यराति १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाकेले जनाएको छ ।

त्यसअघि तुलसीपुरकै ८१ वर्षीय पुरुषको मृत्यु भएको थियो । मंसिर १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका तुलसीपुर नगरपालिका–५ दाङका ८१ वर्षीय पुरुषको बिहीबार राति १० बजेर ४५ बजे मृत्यु भएको हो ।

त्यसको डेढ घण्टा पहिले दाङकै ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । तुलसीपुर उपमहानगरपालिका–११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार रेमडेसिभिर, प्लाज्मा थेरापी, अक्सिजनसहितको सबै विधिबाट उपचार चलिरहेकै अवस्थामा तीन जनाको मृत्यु भएको हो ।

प्रकाशित : मंसिर १९, २०७७ १५:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×