ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा एकको मृत्यु

अमृता अनमोल

बुटवल — पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको अस्पताल लाइनमा बुधबार मध्यान्ह गुडिरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

एकै दिशामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७७ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?