२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीय पूर्वाधार विकासको सबै रकम स्वास्थ्य क्षेत्रमा

अमृता अनमोल

बुटवल — अर्थमन्त्री तथा रुपन्देही २ का सांसद विष्णुप्रसाद पौडेलले यस विर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै रकम स्वास्थ्य क्षेत्रमा छुट्याएका छन् । गत वर्ष उनले सबै रकम शिक्षा क्षेत्रमा छुट्याएका थिए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समिति रुपन्देही क्षेत्र नं. २ का संयोजक तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा बसेको बैठकले यस वर्ष स्वास्थ्य क्षेत्र रोजेको हो । निर्णयअनुसार शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई एक करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नं. १ लाई एक करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा स‌ञ्‍चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ रुपन्देहीलाई ५० लाख र सहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ रुपन्देहीलाई १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री पौडेलले कोभिड १९ को जोखिम न्यूनिकरण गर्न स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै यसपटक सबै रकम यो क्षेत्रमा छुट्याइएको बताए ।

प्रकाशित : मंसिर १४, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?