बाघको आक्रमणमा महिला घाइते

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—५ गाउँ नम्बर १० स्थित सिरौटे सामुदायिक वनमा शनिबार दिउँसो बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । 

नेपाल भारत सिमानामा रहेको सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलालाई बाघले आक्रमण गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार आक्रमणमा स्थानीय ४२ वर्षीया ललिसरा पुन घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सप्रउ राउतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

५/६ जना महिला बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेपछि उनीसँग गएकी महिलाले चिच्चाउँदा बाघ भागेकोले मानवीय क्षति हुन पाएन । घटनालगत्तै सीमामा तैनाथ सशस्त्र प्रहरी बल, बर्दिया राष्ट्रिय निकुञ्ज र वनका कर्मचारी बाघलाई नियन्त्रणमा लिन परिचालन भएका छन् । यस क्षेत्रमा करिब डेढ महिनायता बाघले चार जनाको ज्यान लिएको छ ।

प्रकाशित : मंसिर १३, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?