बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको गोरुसिंगे–२ का ७४ वर्षीय पुरुष छन् ।

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलका पुरुषलाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

मंसिर ९ गते कोरोना रिपोर्ट पोजिटिभ आएका गोरुसिंगेका पुरुषको शुक्रबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जना मिर्गौलाका रोगी थिए ।

प्रकाशित : मंसिर १३, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?