तुलसीपुरका एक पुरुष गोली लागेको अवस्थामा फेला- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुलसीपुरका एक पुरुष गोली लागेको अवस्थामा फेला

दुर्गालाल केसी

दाङ‍ — तुलसीपुरका एक व्यक्ति लमहीमा ५ गोली लागेको अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१३ बराहखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा लमही नगरपालिका-९ च्याउ खोलामा फेला परेका छन् ।

बुधबार राति गोली लागि घाइते भएको अवस्थामा पौडेल फेला परेको प्रहरीले जनाएको छ ।

पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा २ वटा गोली लागेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

घाइतेको भारतको लखनउमा उपचार भैरहेको छ। घटनास्थलमा एक भरुवा बन्दुक फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

पछिल्लो २४ घण्टामा थपिए १६ सय १४ कोरोना संक्रमित, २३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×