२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दाङकी कोरोना संक्रमित वृद्धाको बाँकेमा मृत्यु

रुपा गहतराज

बाँके — कोरोना संक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ७७ वर्षीया वृद्धाको मंगलबार राति १२:१५ बजे मृत्यु भएको हो ।

दाङकी कोरोना संक्रमित वृद्धाको बाँकेमा मृत्यु

उनलाई मंसिर ५ गते नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृति अनुसार उपचार विधि अपनाउँदै आएपनि ती महिलाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यसअघि बाँकेमै उपचारका क्रममा विभिन्न जिल्लाका ४८ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । योसँगै बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउनेको संख्या ४९ पुगेको केन्द्रले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?