१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घुम्‍न गएका युवकको लडेर मृत्यु

प्यूठान — पर्यटकीय स्थल झुलेनी घुमेर फर्किने क्रममा एक युवकको लडेर मृत्यु भएको छ ।

शनिबार बिहान गाउँका ५/७ जना साथीहरुसँगै घुम्न गएका प्यूठान नगरपालिका–२ काठेबराका अन्दाजी २२ वर्षीय राहुल घर्तीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झुलेनीबाट फर्कने क्रममा प्यूठान नगरपालिका–४ भित्रीकोटस्थित रक्तेपोखरी नजिक बिजुवार–भित्रीकोट सडक डिलबाट लडेका घर्तीको शव झन्डै १ सय ५० मिटर तल सल्लाघारीमा फेला परेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

प्रकाशित : मंसिर ६, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?