प्यूठानका दुई पालिकामा आइतबारदेखि विद्यालय सञ्चालन हुने

प्यूठान — कोभिड १९ को संक्रमणका कारण बन्द रहेका प्यूठानको स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउँपालिका भित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् ।

प्यूठानका दुई पालिकामा आइतबारदेखि विद्यालय सञ्चालन हुने

नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने दुवै स्थानीय तहले शनिबार निर्णय गरेका हुन् । ऐरावति गाउँपालिकास्तरीय सर्वपक्षीय सर्वदलीय बैठकले मंसिर ७ गते आइबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पालना गरी उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शाहले बताए । यस्तै स्वर्गद्वारी नगर शिक्षा समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले नगरपालिकाभित्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले जानकारी दिए ।


प्रकाशित : मंसिर ६, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?