रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि नतिजा २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?