चितुवाको छालासहित चार जना पक्राउ

अमृता अनमोल

बुटवल — चितुवाको छालासहित बुटवलमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

चितुवाको छालासहित चार जना पक्राउ

बुटवल उपमहानगरपालिका–९ इँटाभट्टि लाइनमा रहेको होटल विशाल एन्ड रेस्टुरेन्टबाट जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी दरबार गाउँपालिका–४ बस्ने २२ वर्षीय विमल मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय विश्व भट्टराई, गुल्मी दरबार गाउँपालिका–४ बस्ने २४ वर्षीय सञ्जिव पेमी र गुल्मी दरबार गाउँपालिका–४ बस्ने १८ वर्षीय विशाल राना रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।


जिल्ला प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार पक्राउ परेका व्यक्तिहरुसँगै चितुवाका छालाहरु बरामद भएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?