२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–५, रामपुरकी ५४ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । कात्तिक २० गते उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

रामपुरमै होम आइसोलेसनमा बसेकी महिलालाई बिहीबार स्वास्थ्यमा थप समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको थियो । मधुमेह र उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट पाल्पामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?