मानहुँकोट जाँदै गरेको माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका– ५ मानहुँकोट जाँदै गरेको माइक्रोबस बुधबार बिहान साढे ५ बजेतिर भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मानहुँकोट जाँदै गरेको माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु

मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

१६ जनाजति यात्रु बोकेर पोखराबाट आएको ग१ख २९४२ नम्बरको माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको हो । उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा ‘ब्याक’ गएर भिरबाट खसेको तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘घाइते ९ जनामध्ये सुनीताको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।’ सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मानहुँकोट आउने आन्तरिक पर्यटकको संख्या बढेको छ ।

प्रकाशित : मंसिर ३, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?