१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाँकेमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — कोरोनाबाट दाङका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । घोराहीका ५९ वर्षीय पुरुषको शनिबार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य प्रतिष्ठानमा लगिएको थियो । ६ गते स्वाब परीक्षण गर्दा कोरोना जाँचमा कारोना पोजिटिभ देखिएको थियो । सात गते कोरोना विशेष अस्पताल बलझुण्डीमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि बिहीबार भेरी अस्पतालमा ल्याइएको थियो ।

बाँकेमा हालसम्म जिल्लाभित्रका ३५ र जिल्लाबाहिरका २८ गरी जम्मा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : कार्तिक २२, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?