१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्राचीन 'ककरपत्त' नगर घोषणा

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई ‘ककरपत्त’ नगर घोषणा गरिएको छ । बुद्धकालीन समयको प्रशिद्ध ककरपत्त नगर यही क्षेत्रमा अवस्थित रहेको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको भन्दै गाउँपालिकाले ‘ककरपत्त’ नगर घोषणा गरेको हो ।

प्राचीन 'ककरपत्त' नगर घोषणा

वडा नम्बर २ जावा क्षेत्रमा मात्र पाइने कोलवृक्ष, बुद्धकालीन बुद्धसयर ताल विभिन्न भग्नावशेष भेटिएपछि बौद्धकालीन नगरको रुपमा विकास गर्न ‘ककरपत्त’ नगर घोषणा गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

प्राचीन शाक्य गणराज्य र कोलिय गणराज्य मध्य रामग्राम स्तुप, पण्डितपुर र सरावलको जावा क्षेत्र ककरपत्त नगरमा पर्ने, भगवान् गौतम बुद्धले गृहस्थ जीवनका बारेमा उपदेश दिएको स्थानको रुपमा परिचित छ । यस क्षेत्रमा मात्र पाइने कोलवृक्ष र तालको बारेमा धार्मिक ग्रन्थ त्रिपिटक, बुद्ध सम्बन्धी विभिन्न पुस्तकहरुमा उल्लेख भएकाले यस क्षेत्रको थप उत्खनन् र संरक्षणका लागि डीपीआर तयार पारेर काम अगाडि बढाइएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए ।

पुरातत्वविद् डा. कोशलेन्द्र श्रीवास्तवले गरेको अनुसन्धानमा पनि कोलिय गणराज्यको एक महत्वपूर्ण नगरको रुपमा अहिलेको सरावल गाउँपालिका २ को जावा क्षेत्रलाई उल्लेख गरिएको छ । कोलवृक्ष र पुरातत्व वस्तुको संरक्षणका लागि गाउँपालिकाले अहिलेसम्म १ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?