बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलकी ६७ वर्षीय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

उनी नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य हुन् । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएकी उनको सोमबार बिहान मुत्यु भएको हो ।

उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान साढे १० बजे उनको मृत्यु भएको जिल्ला कोभिड (१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रकाशित : कार्तिक १७, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?