बुटवल कोरोना अस्पतालमा एक जना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । 

बुटवल कोरोना अस्पतालमा एक जना संक्रमितको मृत्यु

मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ८ का ५५ वर्षीय पुरुष रहेका छन् । गत कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका उनको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको पनि गौतमले जानकारी दिए ।


प्रकाशित : कार्तिक १४, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?