१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपालगन्जबाट साढे २९ लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ 

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले बुधबार राति नेपालगन्जबाट दस जना जुवाडेलाई पक्राउ गरेको छ ।

नेपालगन्जबाट साढे २९ लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ 

बुधबार राति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको एक घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिक रुपमा ठूलो धनराशि बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १३, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?