२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दाङमा भैंसीले हानेर महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका ६ बालापुरकी ५२ वर्षीया राधा यादवको आफ्नै भैंसीले हानेर मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार भैंसी चराएर घर फर्कने क्रममा बेलुकापख बाटोमा भैंसीले हानेर घाइते भएकी यादवको उपचारका क्रममा राति लमही अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : कार्तिक १२, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?