४ लाख भारुसहित एकजना पक्राउ

कमल पन्थी

बर्दिया — सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्याइएको ४ लाख ५ हजार ५ सय भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । 

४ लाख भारुसहित एकजना पक्राउ

सशस्त्रको ३१ नम्बर गण बर्दियाले भारतको सिमलाबाट आएकी कोहलपुर—४ किरण नालाकी ३५ वर्षिया विमला शाहीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार गुलरिया नगरपालिकाको सीमावर्ती कौवाभारीबाट स्रोत नखुलेको रकमसहित शाही पक्राउ परेकी हुन् ।

ती महिला भारत बहराइच मोतीपुर थाना मुर्तिहाको घना जंगल हुँदै एक्लै नेपाल पसेकी थिइन् । पक्राउ परेकी शाहीलाई रकमसहित थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?