१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूजाका लागि फूल टिप्न गएका दुई युवकको पोखरीमा डुबेर मृत्यु

मनोज पौडेल

कपिलवस्तु — पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान कमलको फूल टिप्न गएका महाराजगन्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुब्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक पाठक र २६ वर्षीय करमहंस पाठक रहेको प्रहरीले जनाएको छ ।

उनीहरु पूजाका लागि फूल टिप्न पोखरीभित्र गएका थिए । युवाहरु डुबेको हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा स्थानियले एक जनाको शव पोखरीबाट बाहिर निकालिसकेका थिए । हराइरहेका एक जनाको शव प्रहरीले निकालेको थियो ।

शवलाई पोस्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?