कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बुबाको हत्या आरोपमा छोरा पक्राउ

दुर्गालाल केसी

दाङ — बुबाको हत्या आरोपमा दाङमा शनिबार एक जना पक्राउ परेका छन् ।

बुबाको हत्या आरोपमा छोरा पक्राउ

बंगलाचुली गाउँपालिका–२ का २२ वर्षीय वीरबहादुर विकलाई ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए ।

शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट धकेलेपछि लडेर उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

प्रकाशित : कार्तिक ८, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?