२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

होम आइसोलेसनमा बसेका काेराेना संक्रमित कर्मचारीको मृत्यु

दुर्गालाल केसी

दाङ — होम आइसोलेसनमा बसेका दाङका एक संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भइ हाल घोराही–१५ स्थित आफ्नै घरमा बसेका संक्रमित ५३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

होम आइसोलेसनमा बसेका काेराेना संक्रमित कर्मचारीको मृत्यु

मालपोत कार्यालय घोराहीका कर्मचारी ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याइएको थियो ।

तर त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । यसैबीच नेपाली सेनाको टोलीले तुलसीपुर–१८ स्थित कात्तिके रानी सामुदायिक वनको हाता भित्र शुक्रबारै उनकाे शवलाई व्यवस्थापन गरेको छ । यसअघि पनि बेलझुण्डी अस्पतालमा रुपन्देहीका एक संक्रमितको मृत्यु भएको थियो । उक्त शवलाई पनि सेनाले व्यवस्थापन गरेको थियो ।

प्रकाशित : कार्तिक ८, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?