कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत दाङ लमही नगरपालिका वडा नम्बर–५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित ती पुरुषको उपचारका क्रममा बिहीबार बेलुका ४ बजेर ५० मिनेटमा मृत्यु भएको हो । गत असोज २७ गते स्वास्थ्यमा समस्या आएपछि कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब जाँच गरिएको थियो । सोही दिन आएको पीसीआर रिपोर्टमा उनमा कोरोना पोजिटिभ आएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ युनिटमा राखेर रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, अन्टिबायोटिकसँगै भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक ५५ वर्षीय पुरुष लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

प्रकाशित : कार्तिक ६, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?