कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

देवदहमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको देवदह नगरपालीकामा होम आइसोलेसनमा बसेकी एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह–८ की ७७ वर्षीया महिला रहेको देवदह नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताए ।

देवदहमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमितको मृत्यु

कात्तिक २ गते स्वास्थ्यमा समस्या भइ चितवनको भरतपुर अस्पताल लगिएकी उनको ४ गते नतिजा पोजिटिभ आएपछि अस्पतालले फिर्ता पठाइदिएको थियो । फिर्ता ल्याइ होम आइासेलेसनमा राखिएकी उनको बिहीबार बिहान मृत्यु भएको बन्जाडेले जनाए ।

प्रकाशित : कार्तिक ६, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?