कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।  

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

उनका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९ः२४ बजे मृत्यु भएको हो । त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजेर ७ मिनेटमा मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार आईसीयूमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो ।

प्रकाशित : कार्तिक ६, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?