१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाल्पामा कोरोना संक्रमित पुरुषको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा बुधबार एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पाल्पामा कोरोना संक्रमित पुरुषको मृत्यु

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा बगनासकाली गाउँपालिका–७, खानीगाउँका ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मृतक पुरुषको कात्तिक १ गते कोरोना पोजिटिभ देखिएको थियो । पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा बुधबार थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा संक्रमितको संख्या १ हजार ४१ पुगेको छ । सक्रिय संक्रमित २ सय ६४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांस होम आइसोलेसनमा छन् भने केहीलाई अस्पतालमा राखिएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?