कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । योसंगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाकेमा मृत्यु भएको छ । बाके जिल्लाका मृत्यु हुनेको संख्या भने २९ छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?