कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा बुधबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४७ वर्षीय पुरुषको मृत्यु भएको तिलोत्तमास्थित आइसोलेसन केन्द्रका प्रमुख केशव भट्टराईले बताए ।

कात्तिक १ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि बुधबारै अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको शव नगरपालिकाले नै व्यवस्थापन गरेको छ । तिलोत्तमा–८ र १ वडाको सीमामा पर्ने सुखौरा खोलामा शव व्यवस्थापन गरिएको तिलोत्तमाका कोरोना फोकल पर्सन ईश्वरीप्रसाद गौतमले बताए ।


प्रकाशित : कार्तिक ५, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?