१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कोरोना संक्रमणबाट बर्दियामा थप एक जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका—७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।

कोरोना संक्रमणबाट बर्दियामा थप एक जनाको मृत्यु

श्वासप्रश्वासको समस्याका कारण उनलाई असोज २५ गते उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । उपचारअघि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य प्रमुख गिरीका अनुसार ती पुरुषको अवस्था सामान्य भएपछि घरपरिवारको आग्रहमा कात्तिक २ गते अस्पतालले होम आइसोलेसनमा पठाएको थियो ।

बुधबार पुन: श्वासप्रश्वासमा समस्या देखेपछि उनलाई कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट हाल सम्म ७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?