साढे २३ किलो अफिमसहित महिला पक्राउ

कमल पन्थी

बर्दिया — सशस्त्र प्रहरी बल, ३१ नम्बर गण बर्दियाले साढे २३ किलो अफिम र ५ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० हुँदै भारत जान लागेको अवस्थामा मंगलबार राति पक्राउ परेको हो ।

साढे २३ किलो अफिमसहित महिला पक्राउ

रुकुम बाफिकोट गाउँपालिका—डुले बस्ने ३८ वर्षीया निर्मला बाठामगरबाट उक्त लागूपदार्थ पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए । उनीसँग रहेका दुई पुरुष र एक महिला फरार भएको उनले जनाए । पक्राउ गरिएकी बाठामगरलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीबाट गुलरिया—१ घर भएका ४० वर्षीय लालबहादुर विक र पाल्पा बकमालांगुका दानबहादुर मल्ल ठकुरीको नेपाली नागरिकता फेला परेको छ ।

यसैबीच बीओपी फुटाहाले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ बढैयाताल गाउँपालिका—२ फुटाहामा भारतबाट आउँदै गरेको अवस्थामा नाईट्रोभेट— १० नाम गरेको चक्की १६ वटा र माक्स बोण्ड सोलुसन ५ वटासहित दुई जना पक्राउ गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक राउतका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका—२ डाँफेका दुई जना किशोर रहेको बताए । उनीहरुलाई पक्राउ गर िआवश्यक कारबाहीका लागि प्रहरी चौकी जमुनी पठाइएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?