बुटवलको कोरोना अस्पतालमा थप दुईको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् ।

बुटवलको कोरोना अस्पतालमा थप दुईको मृत्यु

असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?