कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा कोरोना संक्रमित पुरुषको मृत्यु

दुर्गालाल केसी

दाङ — होम आइसोलेसनमा बसेका लमहीका एक कोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ । लमही नगरपालिका-५ का ४३ वर्षीय ती पुरुषको घरमै मृत्यु भएको हो ।

दाङमा कोरोना संक्रमित पुरुषको मृत्यु

जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौंबाट फर्किएपछि ती पुरुष र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरु एक सातादेखि होम आइसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले बताए ।

मृतक पुरुषकी श्रीमतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले बताए । हालसम्म जिल्लामा कोरोनाका कारण ७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?