बस दुर्घटनामा चालकको मृत्यु

गिरुप्रसाद भण्डारी

प्युठान — प्युठानमा मंगलबार बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

दाङको घोराही जान लागेको ना४घ ५५६१ नम्बरको बस माण्डवी गाउँपालिका–२ गोलबाङमा दुर्घटनाग्रस्त हुँदा चालक ४० वर्षीय तारा रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनील मल्लले जानकारी दिए । घाइतेलाई उपचारका लागि दाङको घोराही लगिादै गरेको उनले बताए ।

प्रकाशित : कार्तिक ४, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?