२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लुम्बिनीका कोरोना अस्पतालमा निःशुल्क उपचार यथावत् : मुख्यमन्त्री पोखरेल

सन्जु पौडेल

तिलोत्तमा — संघीय सरकारले कोरोना संक्रमितको परीक्षण तथा उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा निःशुल्क उपचार यथावत् रहेको बताएका छन् ।

लुम्बिनीका कोरोना अस्पतालमा निःशुल्क उपचार यथावत् : मुख्यमन्त्री पोखरेल

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार निरन्तर रहेको जानकारी गराएका हुन् । ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् छ,’ उनले लेखेका छन् । प्रदेशका बुटवल, भैरहवा, दाङ र बाँकेमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन् ।


प्रकाशित : कार्तिक ४, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?