कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाल्पामा कोरोनाबाट एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–२ की ८५ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

पाल्पामा कोरोनाबाट एकको मृत्यु

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा वृद्धको शनिबार निधन भएको हो । शनिबार मृत्यु भएपनि स्वाब परीक्षणको नतिजा ढिला आएकाले स्वास्थ्य कार्यालयले सोमबार बेलुकी मात्र पुष्टि गरेको हो ।

पाल्पामा पाल्पामा योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ । तीन दिनअघि मात्रै तानसेन नगरपालिका–७, का ३३ वर्षीय पुरुषको मृगौलाको डायलाशिस गर्ने क्रममा रुपन्देहीमा मृत्यु भएको थियो । यसअघि तानसेनको अर्गली, दमकडा, पिपलडाँडाका एक/एक र सिलुवामा एक जनाको मृत्यु भएको थियो ।

पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?