बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।


प्रकाशित : कार्तिक ४, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?