२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

अमृता अनमोल

बुटवल — रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको छ । पम्पमा पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए ।

ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

उनका अनुसार लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको थियो । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ ।

आगलागी भएलगत्तै सुरक्षाकर्मी नियन्त्रणका लागि खटेका थिए । आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको छ । समयमै सूचना भएकाले थप क्षति हुन नपाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?