कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीम अस्पतालको ओपीडी सेवा बन्द

माधव ढुंगाना

भैरहवा — चिकित्सकलगायत अस्पतालका धेरैजना कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि भैरहवास्थित भीम अस्पतालमा ओपीडि सेवा बन्द गरिएको छ ।

भीम अस्पतालको ओपीडी सेवा बन्द

अस्पतालका सूचना अधिृकत डा.नारायण पोखरेलले चिकित्सकलगायत ११ जना कर्मचारी संक्रमित भएपछि काम गर्ने जनशक्तिको अभाव हुन थालेकाले ओपीडी सेवा बन्द गर्नु परेको बताए । उनका अनुसार ओपीडी सेवा बन्द गर्ने निर्णय अस्पताल प्रशासनले आइतबार गरेअनुरुप सोमबारदेखि कार्यान्वयन भएको हो ।

‘एकातिर धेरैजना कर्मचारी संक्रमित भएकाले जनशक्तिको अभाव हुन थाल्यो भने अर्कोतर्फ कर्मचारी बिचमै एकअर्कालाई सर्ने जोखिम धेरै भयो,’ उनले भने, ‘दसैंका कारण ६ गतेपछि त्यसैपनि ओपीडी सेवा बन्द हुनेवाला थियो ।’ चिकित्सक, नर्स, प्रशासनका कर्मचारी, कार्यालय सहयोगीहरु संक्रमित हुन पुगेको उनले बताए ।

ओपीडी सेवा दसैंसम्मका लागि बन्द गरिएको हो । प्रसूती सेवा, आकस्मिक कक्ष, ड्रेसीङ, इन्जेक्सनको सेवा भने बन्द हुने छैन । कोरोना अस्पतालतर्फको सेवा पनि खुला छ । भीम अस्पतालमा हिजोआज दैनिक सरदर १ सय ५० जना बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?