लुम्बिनी प्रदेशले जनप्रतिनिधिलाई दसैंखर्च नदिने

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले यसपालि जनप्रतिनिधिलाई चाडपर्व खर्च नदिने भएको छ । मन्त्री, सांसददेखि स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको प्रदेश सरकारले जनाएको छ । 

लुम्बिनी प्रदेशले जनप्रतिनिधिलाई दसैंखर्च नदिने

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति जारी गर्दै यसपालि कुनै पनि जनप्रतिनिधिले चाडपर्व खर्च नलिने जानकारी दिए ।

देशमा जनअपेक्षाअनुसार उत्तरदायी शासन व्यवस्था चाहिएको भन्दै विज्ञप्तिमा लुम्बिनी सरकारले कोरोना संकटका बेला दसैंखर्च दिने प्रबन्ध नगरेको उल्लेख गरिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?