चितुवाको छालासहित एकजना पक्राउ

दुर्गालाल केसी

दाङ — चितुवाको छालासहित प्रहरीले घोराहीमा एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-५ धर्नाका ५० वर्षीय इन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार राति चितुवाको छालासहित पक्राउ गरेको हो । 

चितुवाको छालासहित एकजना पक्राउ

चितुवाको छालाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले घर्तीको घरमा तलासी गरेको थियो ।

उनको घरबाट प्लाष्टिकको बोरामा लुकाइ राखेको चितुवाको टाउकोदेखि पुच्छरसम्मको ७ फिट ८ इन्चको छाला फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

घर्तीलाई प्रारम्भिक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत थप कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?