टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

दुर्गालाल केसी

दाङ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ र अर्घाखाँचीको सिमा क्षेत्रमा टिपरको ठक्करबाट आइतबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

रा १ ख २०२१ नम्बरको टिपरले शितगंगा-८ मा साइकलयात्रीलाई ठक्कर दिँदा गढवा गाउँपालिका-१ जुरौनीकी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

साइकल चालक जमुनाका ५८ वर्षीय बुवा बुद्धिरामकुमार गम्भीर घाइते भएको र उनलाई भालुबाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : कार्तिक २, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?