२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । असोज २५ गते स्वास्थ्यमा समस्या भई लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराएका बुटवल–३ गोलपार्कका ५५ वर्षीय पुरुष कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका थिए । 

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

त्यही क्रममा स्वास्थ्यस्थिति थप जटिल बनेपछि उनलाई २७ गते कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार ती व्यक्तिमा कलेजोसम्बन्धी समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?