१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बर्दियाका कोरोना संक्रमितको मृत्यु

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको पुष्टि भएको बताए ।

बर्दियाका कोरोना संक्रमितको मृत्यु

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९ सय ७ पुगेको छ । कोरोना संंक्रमणबाट ६ सय ७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५ सय ७१ जना उपचाररत छन् । आइसोलेसनमा २ सय ४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?