पाल्पामा एकैदिन ७५ जना संक्रमित

माधव अर्याल

पाल्पा — पाल्पामा एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५५ पुरुष र २० महिलामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले शनिबार जनाएको छ । कार्यालयका अनुसार लकडाउनपछि सबैभन्दा धेरै शनिबार कोरोना भाइरस संक्रमित दखिएका हुन् ।

पाल्पामा एकैदिन ७५ जना संक्रमित

रामपुरका २०, तानसेनका १८, पूर्वखोलाका ९, रैनादेवीका २, माथागढीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जनाए । यस्तै, बगनासकालीका १९, तिनाउका २, रिब्दीकोटका १, अस्पतालमा २ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

जिल्लामा ९ सय ६९ जनामा कोरोना देखिएकामा समुदायस्तरमा ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक १, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?