२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बर्दिया निकुञ्‍ज पर्यटकका लागि खुला

कमल पन्थी

बर्दिया — गत चैत ११ गतेदेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शनिबारदेखि खुला भएको छ । दसैं तिहारका बेला बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए ।

बर्दिया निकुञ्‍ज पर्यटकका लागि खुला

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले हाललाई जंगल ड्राइभ (सफारी) र जंगल वाक गर्न अनुमति दिएको बताए । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने खुल्ला नगरिएको उनले बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानु पर्ने व्यवस्था गरिएको छ ।

यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुल्ला भएकोमा खुसी व्यक्त गरेका छन् । सात महिनादेखि पर्यटन व्यवसायी पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी हुन पुगेका थिए । अब केहीहद सम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताए । बर्दिया निकुञ्जको मुख्यालयबाहिर सानाठूला गरी २४ वटा होटल सञ्चालनमा छन् ।

बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन् । यहॉ ८७ वटा बाघ रहेका छन् ।

प्रकाशित : कार्तिक १, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?