कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–१९ कारकादोकी १८ वर्षीया युवती र नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषको उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज–१९ कारकादोकी १८ वर्षीया कोरोना संक्रमित ती युवतीको शुक्रबार राति ९:३० बजे मेडिकल कलेज कोहलपुरमा र नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषको शुक्रबार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृतक युवतीलाई कोभिड–१९ को शंका लागि असोज २८ गते स्वाब संकलन गरी परीक्षण गर्न दिएकोमा २९ गते आएको नतिजामा उनलाई कोरोना देखिएको थियो । कोरोना पुष्टि भएसँगै उनी असोज २९ गते राति १० बजे अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

त्यसैगरी, नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषले कोभिड–१९ को आशंकामा असोज २४ गते स्वाब दिएका थिए । २५ गतेको पीसीआर जाँचको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी असोज २४ गते दिउँसो भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको र उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रकाशित : कार्तिक १, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?